आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

२० घण्टाको उपचारपछि प्रधानमन्‍त्री ओली डिस्चार्ज

२० घण्टाको उपचारपछि प्रधानमन्‍त्री ओली डिस्चार्ज

ओलीलाई बिहीबार राति ११ : ३० पछि मुटुको धड्कन बढ्ने समस्या भएको कारण अस्पतालमा भर्ना गरिएको थियो।


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०७६, शुक्रबार

पोखरा, १४ चैत – विहिवार राति अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मालीको डिस्चार्ज भएको छ। महाराजगन्जस्थित मनमोहन सेन्टरको आकस्मिक उपचार कक्षमा करिब २० घण्टाको उपचारपछि ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन्। प्रधानमन्त्री ओली पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज भएको उनका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए।  अस्पतालबाट डिस्चार्जपश्चात् प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री ओलीलाई बिहीबार राति ११ : ३० पछि मुटुको धड्कन बढ्ने समस्या भएको कारण अस्पतालमा भर्ना गरिएको थियो। ‘करिब २० घण्टा अस्पतालमा रहेर उहाँले मुटुको धड्कन बढ्नुको कारण खोजेर उपचार गराउनुभएको छ’, थापाले भने।
प्रधानमन्त्री ओलीको यही फागुन २१ गते त्रिवि शिक्षण अस्पताल महाराजगंजमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । फागुन ३० गते अस्पतालबाट डिस्चार्ज भएका ओली चिकित्सकको निगरानीमा प्रधानमन्त्री निवास बालुवाटारमै आराम गरिरहेका थिए । यसअघि प्रधानमन्त्रीले भारतको अपोलो अस्पतालमा २०६४ सालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका थिए। बीचमा स्वास्थ्यमा समस्या देखिएपछि गत भदौमा स्वास्थ्य उपचारका लागि ओली सिंगापुर पुगेका थिए। उनको त्यहाँ ‘प्लाज्माफेरेसिस’ गरिएको थियो। सिंगापुरको १५ दिन बसाइपछि स्वेदश फर्केका ओली पछिल्लो समय नियमित डायलासिस गराउँदै आएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->