गलकोट, १५ चैत – नगरपालिकाले गलकोट नगरपालिका भित्र रहेका स्वास्थ्य चौकी, प्राथमिक केन्द्र, पत्रकार तथा सुरक्षकर्मीलाई आवश्यकता अनुसार माक्स र सेनिटाइजर वितरण गरेको छह । नगरपालिकाले गलकोट प्राथमिक स्वास्थ्य केन्द्र मार्फत सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नका लागि ४ ओटा पिपिई स्वास्थ्यकर्मीको सुरक्षाको लागि गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गरेको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।
नगरपालिकाले ६ वटा पिपिई आवश्यकता अनुसार तत्काल प्रयोग गर्न सक्ने गरि नगरपालिकाको स्वास्थ्य शाखामा सुरक्षित राखेको गैरेले बताए । स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण तथा जोखिम न्युनिकरणका लागि सुरक्षति सामाग्रीको रुपमा चिकित्सकले लगाउने पोसाक (प्रर्सनल पोटेक्टिभ इक्युपिमेन्ट) १० थान मात्र आएकोले सबै स्वास्थ्यकर्मीलाई उपलब्ध गराउन नसकिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बाहिरबाट पिपिई खरिद गरि स्वास्थ्यकर्मीलाई उपलब्ध गराएको प्रबक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । नगरपािलकाले विदेशबाट आएका नागरिकलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ । गलकोटमा गत चैत्र १ गते देखि अहिले सम्म कुल १ सय २८ जना विदेशबाट आएका नागरिक छन् जसमध्ये भारतबाट ९२ जना, जापानबाट १९ जना, कतारबाट ३ जना, दुवैबाट ९ जना, डेनमार्कबाट १ जना, थाइल्याडबाट १ जना, साउदीबाट १ जना, अमेरिकाबाट १ जना, हङकङबाट १ जना, गलकाेट आएकाे भण्डारीले जानकारी दिए । विदेशबाट फर्किएका सबैको स्वास्थ्य अवस्थाबारे नगरपालिकाले कडा निगरानी गरेको भण्डारीले बताए ।
गलकोट नगरपालिकालाई फेरमेट नेपालले ३ सेट पिपिई ३ बक्स गोल्बस स्प्रिड उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख मिनराज गैरेले जानकारी दिए । गलकोट नगरपालिकामा १२ सैयाको क्वारेन्टाइनको समेत निर्माण गरिएको भएपनि कोरोनाको लक्षणको कारण क्वारेन्टाइनमा बस्नुुपर्ने अवस्था नरहेको गैरेले बताइ ।





