
काठमाडौं, १५ चैत – कोरोना भाइरसको परीक्षण र उपचारमा चाहिने मेडिकल सामग्री ल्याउनका लागि नेपाल वायु सेवा निगमको जहाज चीन उडेको छ।निगमका अपरेसन डाइरेक्टर दीपु जोहार्चनले दिउँसो साढे १२ बजे जहाज ग्वान्जाओका लागि उडेको जानकारी दिए। उनकाअनुसार जहाजमा चालक दलका सदस्य र प्राविधिकसहित १० जनाको टोली गएको छ।ग्वान्जाओमा नेपालले किनेर राखेका सामान बोकेर जहाज आजै राति साढे १० बजे काठमाडौं विमानस्थलमा आइपुग्ने छ।





