आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ बजारमा दमकल मार्फत किटनासक औषधी

बागलुङ बजारमा दमकल मार्फत किटनासक औषधी


  • ढोरपाटन संबाददाता
  • चैत्र १५ २०७६, शनिबार

बागलुङ,१५ चैत– कोरोना भाईरस (कोभिड–१९) को जोखिम कम गर्न बागलुङ बजारमा दमकल मार्फत किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किेको छ । शुक्रवार सानो टयाँकिको प्रयोग गरेर किटनाशक औषधि छर्किेए पनि प्रभावकारी नभएकोले शनिवार बागलुङ नगरपालिकाको दमकल प्रयोग गरेर किटनाशक औषधि छर्किेएको हो । शनिवारपनि बजारका मुख्य चोकहरुमा किटनाशक औषधि छर्किने अभियानलाई तीव्रता दिएको नगरपालिकाले जनाएको छ । सोडिम कोलोराईड मिसाईएको औषधि बजारक्षेत्रका विशेष गरी भीडभाड हुने  स्थानहरुमा  छर्किेएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए । किटनाशक औषधिले सम्भावित भाईरसको जोखिम कम गर्ने भएकाले बजारक्षेत्रमा यो काम थालिएको जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->