आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोनासँग जुध्न डेढ लाख रकम र भवन दिँदै प्रतिष्ठान

कोरोनासँग जुध्न डेढ लाख रकम र भवन दिँदै प्रतिष्ठान


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०७६, शनिबार

बागलुङ, १५ चैत – धौलागिरी प्राबिधिक शिक्षा प्रतिष्ठान बागलुङले कोरोना विरुद्धको अभियानमा हातेमालो गर्ने भएको छ । प्रतिष्ठानले डेढ लाख नगद सहित आपतकालिन अवस्थामा भवन समेत उपलब्ध गराउने जनाएको छ । सञ्चालक समूहको बैठकले एक लाख सहयोग गर्ने निर्णय गरेको सञ्चालक समूहका इन्द्रलाल सापकोटाले जानकारी दिए ।
उक्त रकम कुन निकाएलाई उपलब्ध गराउने भन्ने वारेमा प्रभावकारिताको आधारमा निधो गर्ने सापकोटाले जानकारी दिए । ‘रकम कस्लाई दिने भन्नेवारेमा हामी छलफल गर्दै छौ, जसलाई दिदा प्रभावकारी प्रयोग हुन्छ, सोही निकाय लाई दिने सोच बनाएका छौ ।’ सापकोटाले भने– ‘यस वारेमा छिट्टै निर्णय गर्ने गर्ने छौ ।’ प्रतिष्ठानको भवन क्वारेन्टाइन अथवा उपचारकोलागि आइसुलेसन जुनसुकै प्रयोजनका लागि समेत प्रयोग गर्र्न उपयुक्त भएकोले आवश्यक परेमा तत्काल उपलब्ध गराउने संचालक समूहका श्रीप्रसाद शर्माले जानकारी दिए । विश्वभर मानव जातिकालागी चुनौती बनिरहेको कोरोना भाइरस विरुद्धको अभियानमा हातेमालो गर्न आफूहरु सधै तयार रहेको शर्माले बताए । प्रतिष्ठान ६ जनाको समूहले सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->