आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पाण्डुकेश्वर गुफा पुग्न पदमार्ग

पाण्डुकेश्वर गुफा पुग्न पदमार्ग


  • थम्मन थापा
  • चैत्र १६ २०७६, आइतबार

बागलुङ, १६ चैत– जिल्लाको गलकोट नगरपालिकाका दुई वडा पर्यटकीय पाण्डुकेश्वर गुफाको विकासमा जुटेका छन् । गुफामा पुग्ने पदमार्ग निर्माणका लागि गलकोट नगरपालिकाका ७ र ९ नम्बर वडाले संयुक्त प्रयास थालेका हुन् । दुवै वडाको सिमामा रहेको गुफा प्रचार प्रसार र पूर्वाधार अभावमा ओझेलमा रहेको छ ।
गुफासम्म पर्यटक पु¥याउने भन्दै दुई वडाको पहलमा बाँसखोलादेखि विसारेहुँदै गुफा सम्मको २ किलोमिटर पदमार्ग निर्माण गरिएको हो । पदमार्ग निर्माणका लागि गलकोट नगरपालिका–९ ले चालु आर्थिक बर्षमा ५ लाख रुपैयाँ खर्चेको वडाध्यक्ष तेजबहादुर थापाले बताए । वडा नं ७ ले पनि सोही पदमार्गको लागि २ लाख रुपैयाँ खर्चेको छ । थापाका अनुसार, साँघुरो गोरेटोलाई स्तरोन्नती गरि पदमार्ग बनाईएको छ । ‘हामीले पदमार्ग बनाउन खर्चेको रकमले गुफाको प्रबद्र्धनमा सहयोग पुगोस भन्ने हो’ वडा नं ७ मल्मका टिकाबहादुर थापाले भने ‘दुवै वडालाई फाईदा हुनेगरी काम गरिहेका छौं ।’
गुफानजिक झण्डै ५० मिटर बाटो अझै अफ्ठेरो छ । आगामी आ.व.मा गलकोट नगरपालिकासँगको सहकार्यमा रेलिङसहितको पदमार्ग निर्माण गर्ने लक्ष्य रहेको थापाले बताए । गुफाको नजिक झरना समेत छ । झरना हेर्नकै लागि गल्कोटबासी त्यहाँ जाने गरेका छन् । आन्तरिक पर्यटकलाई समेत त्यहाँ पु¥याउने प्रयास थालिएको थापा बताउँछन् । मल्म पाण्डवखानी सडकको यात्रापछि नाच्ने डाँडामा पुगेपछि पाण्डुकेश्वर गुफा पुग्न करिब १० मिनेटको पैदल यात्रा गर्नुपर्दछ ।


पाण्डुकेश्वर गुफा आँफैमा विचित्र प्रकृतीको छ । यसको आफ्नै धार्मिक एवं ऐतिहासिक महत्व रहेको बुढापाकाहरु बताउँछन् । परापुर्वकालदेखिनै गुफामा बालाचतुर्दशीमा भक्तजनको भिड लाग्ने गरेको स्थानीय बताउँछन् । गुफाभित्र विभिन्न प्रकारका कलात्मक आकारहरु देख्न सकिन्छ । गाईका थुन, सर्पको जस्तो आकार गुफाभित्र देख्न पाईन्छभने गुफामा पूजाआजा पनि गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->