आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोनाको उपचारमा चाहिने सामग्री आइपुगे

कोरोनाको उपचारमा चाहिने सामग्री आइपुगे


  • Dhorpatan News
  • चैत्र १६ २०७६, आइतबार

काठमाडौं, १६ चैत – कोरोना भाइरसको संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि अलिबाबा, ज्याक मा फाउन्डेशन र नेपाल सरकारले खरिद गरेका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।चीनको प्रमुख व्यापारी गन्तब्य गोञ्जाओबाट सो सामाग्री नेपाल ल्याइएको हो ।नेपाल ल्याइएको सामाग्रीमा अलिबाबा र ज्याक मा फाउन्डेशनले सहयोग गरेको सामाग्रीका साथै ललितपुरको कृष्ण गल्लीस्थित ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीबाट सवा एक अर्ब रुपियाँमा सरकारले खरिद गर्ने स्वास्थ्य सामग्री रहेको छ ।स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ओबीसीआई प्राइभेट लिमिटेडलाई बजार मूल्यभन्दा बढी मुल्यमा स्वास्थ्य सामाग्री खरिद गरेपछि भ्रष्टाचारको आशंका गरिएको थियो ।स्रोतले उपलब्ध गराएको विवरणअनुसार सरकारले खरिद गर्ने भनिएका मध्येका १२ प्रकारका सामग्री शनिबार राति १ बजेपछि नेपाल आइपुगेका हुन् ।

स्वास्थ्य सामग्री गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमूना संकलन गर्ने ट्युबहरू रहेका छन् ।यी सामाग्री पहिलो चरणमा नेपाल ल्याइएको हो । बाँकी सामग्री अप्रिल २ र ५ तारिखमा नेपाल ल्याउने कम्पनीसँग सम्झौता भएको छ ।सामान खरिदको सम्झौतामा नेपाल सरकारको तर्फबाट स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ र कम्पनीकी प्रबन्ध निर्देशक डा. सीमा सिटौलाले हस्ताक्षर गरेकी छन् ।सम्झौता अनुसार १ अर्ब २४ करोड बराबरका उक्त सामाग्री तीन पटकमा नेपाल ल्याइसकिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->