आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोना संक्रमित युवतीसंगै आएका बागलुङका युवाको रिर्पोट नेगेटिभ

कोरोना संक्रमित युवतीसंगै आएका बागलुङका युवाको रिर्पोट नेगेटिभ


  • Dhorpatan News
  • चैत्र १६ २०७६, आइतबार

पर्वत, १६ चैत – कोरोना संक्रमण पुष्टि भएकी युवती संगै एउटै बिमानमा आएका बागलुङ्गका एक युवाको रिर्पोट नेगेटिभ आएको छ । कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट संक्रमित युवती संगै आएका ती युवाको कोरोना परिक्षण रिर्पोट नेगेटिभ आएको पर्वत अस्पतालले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा आइतबार नेगेटिभ रिर्पोट आएको पर्वत अस्पतालका निमिक्त सुपरिटेण्डेन्ट डा. शिशीर देबकोटाले जानकारी दिए । उनलाई बिहीबार साँझ पर्वतको कुस्माबजार स्थित कोरोना अस्थाई अस्पतालमा राखेर स्वाब परिक्षणका लागि पठाइएको थियो । उनको घर बागलुङ भएपनि कुस्माबजारमा आफन्तको घरमा होम क्वारेन्टाईनमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->