बागलुङ, १७ चैत– नेपाल चेम्बर अफ कमर्स बागलुङले जिल्लाका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीलाई मास्क वितरण गरेको छ । बजारमा माक्सको अभावका कारण जोखिममा काम गरिरहेका स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मीहरुलाई सहज बनाउने भन्दै माक्स वितरण गरिएको हो । देशै लकडाउन भएपछि २४ सै घण्टा सेवा गर्ने प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी र पत्रकारले मास्कको अभावमा जोखिम मोलेर काम गरिरहेकोले चेम्बरले थोरै भएपनि राहत दिने उदेश्यले मास्क वितरण गरेको चेम्बर अफ कमर्स बागलुङका सचिव तेजवहादुर कुबँरले वताए ।





