आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङकी संक्रमित युवतीको स्वास्थ्यमा सुधार

बागलुङकी संक्रमित युवतीको स्वास्थ्यमा सुधार

दोस्रो परीक्षणका लागि स्वाब संकलन


  • रामकृष्ण बोहरा
  • चैत्र १७ २०७६, सोमबार

बागलुङ, १७ चैत– कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचाररत बागलुङकी युवतीको स्वास्थ्यमा सुधार आएको छ । अस्पताल स्रोतका अनुसार, उनमा रहेको खोकी कम हुँदै गएको र आइतबारदेखि ज्वरो पनि आएको छैन । आईसोलेसनमा बसेदेखि किनै कम खाना खाईरहेकी उनले सोमबार राम्रोसँग खाना खाएको निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बिक पोखरेलले बताए ।
‘उहाँको स्वास्थ्यमा निकै सुधार आएको छ, मनोपरामर्शको खाँचो महशुस गरेर हामी सोही अनुसारको काउन्सिलिङ गरिरहेका छौं’ डा. पोखरेलले भने ‘उहाँको स्वास्थ्यमा आएको सुधारले हामी उत्साहित भएका छौं ।’ स्वास्थ्यमा सुधार आएसँगै उनको दोस्रो चरणको कोरोना परीक्षण हुने भएको छ । परीक्षणका लागि सोमबारनै घाँटीको स्वाब निकालिएको उनले बताए । ‘आशा छ उहाँको यो परीक्षणको नतिजा नेगेटिभ आउँछ’ उनले भने ‘सुधारका संकेतहरुले निको भैरहेको महशुस हुन थालेको छ ।’
ती युवतीको परिवार र उनीसँगै आएकाहरुको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको छ । सोमबार स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरी अञ्चल अस्पतालको छुट्टाछुट्टै प्राबिधिक समुहले उनीहरुमा कोरोना परीक्षणका लागि नमुना संकलन गरेको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाहुँदै केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पुग्ने नमुना परीक्षणको नतिजा आउन भने समय लाग्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->