आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अपुरो भेण्टिलेटर, अस्पतालले लिन मानेन

अपुरो भेण्टिलेटर, अस्पतालले लिन मानेन


  • रामकृष्ण बोहरा
  • चैत्र १७ २०७६, सोमबार

प्रादेशिक स्वास्थ्य निर्देशनालयले पठाएका स्वास्थ्य सामग्रीहरु बागलुङ आईपुगेका छन् । अञ्चल अस्पतालमा पठाईएका सामाग्रीमध्ये भेण्टिलेटर भने अस्पतालले लिन मानेनन् । भेण्टिलेटरमा पूर्ण सामग्री नरहेको भन्दै अस्पतालले बुझ्न इन्कार गरेको हो । ‘व्याट्री, व्याकअप, मिटर लगायत केही सामग्री अपूर्ण रहेछन्, हामीले अलग्गै राखेका छौं’ निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बिक पोखरेलले भने ‘सायद सामग्री पुरा होला अनि त्यसपछि बुझौला ।’ कोरोनाका बिरामीलाई स्वासप्रस्वासमा जुनसुकै बेला आईपर्ने समस्याका लागि भेण्टिलेटरको आवश्यकता हुन्छ । सघन उपचार कक्ष (आईसियू) नभएकाले भेण्टिलेटरको प्रयोग पुर्ण नभएपनि यसले उपचारमा सघाउने उनले बताए । भेण्टिलेटरको बिषयमा अस्पतालले निर्देशनालयलाई जानकारी गराईसकेको छ । निर्देशनालयले पठाएका २५ सेट पिपिई, ८ सेट भिटीएम, स्वाब संकलन किट, माक्स, सेनिटाईजर लगायतका सामग्री प्राप्त भएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->