आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोना नियन्त्रणमा सघाउन कार्यकर्तालाई नेकपाको आग्रह

कोरोना नियन्त्रणमा सघाउन कार्यकर्तालाई नेकपाको आग्रह


  • Dhorpatan News
  • चैत्र १७ २०७६, सोमबार

बागलुङ, १७ चैत– कोराना भाइरस रोकथामका लागि सक्रियताको साथ लाग्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङले कार्यकर्तालाई आग्रह गरेको छ । सोमवार पार्टी अध्यक्ष इन्द्रलाल सापकोटाले एक बिज्ञप्ति जारी गर्दै गाउँ, वडा, टोल तहका पार्टी कार्यकर्ताहरूले तीन तहका सरकारसँग आवश्यक समन्वय गरि सम्बन्धित क्षेत्रमा उच्च सतर्कतासहित काम गर्न आग्रह गरेका छन । कोरोना कोरोना भाईरसले सबैलाई त्रसित र भयभित बनाएको अबस्थामा संयम रहेर यसको रोकथाम र नियन्त्रणमा विभिन्न तहका सरकारले अघि सारेका काममा सहयोग गर्न अध्यक्ष सापकोटाद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।
विश्वलाई नै चुनौती दिएको यो भाइरसको नियन्त्रण गर्न र जनताको स्वास्थ्यको रक्षा गर्न उच्च सतर्कताका साथ काम गर्न र आफ्नो स्वास्थ्यको ख्याल गर्न उनले आग्रह गरेका छन । नागरिकलाई घरभित्र बस्न अभिप्रेरित गर्ने, भीडभाड र अनावश्यक जमघट रोक्ने लगायतका रचनात्मक भूमिका स्वयंसेवी ढंगले खेल्न बिज्ञप्तीमा आग्रह गरिएको छ । सुरक्षित रहेर स्वयंसेवी हिसाबले समस्यामा परेकालाई सहयोग गर्न बिज्ञप्तीमा आग्रह गरिएको छ । निम्न वर्ग तथा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरुका लागि स्थानीय सरकारमार्फत बिशेष राहत कोष उपलब्ध गराउन र संघीय, प्रदेश तथा स्थानीय सरकारसँग नियमित सूचना सम्पर्क, समन्वय र सहकार्य गर्ने सापकोटाले बताएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->