पोखरा, १७ चैत – गण्डकी सरकारले नियुुक्त गरेका कर्मचारीहरुले एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने घोषणा गरेका छन ।
पारिश्रमिक बराबरको सहयोग गर्नेहरुमा गण्डकी विश्व विद्यालयका प्रा.डा गणेशमान गुरुङ ,प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधरी शर्मा उपाध्यक्ष,मुख्य न्यायाधिवक्ता डा.राजेन्द्र घिमिरे,मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली, प्रदेश नीति तथा योजना आयोग का सदस्य बिष्णुराज बराल र डा.भिमा ढुङगाना सदस्य ,गण्डकी प्रदेश पर्यटन भ्रमण बर्षका संयोजक डा.जुद्ध गुरुङ , प्रदेश प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋीषीराम पाण्डे , ताल विकास प्राधिकरणका प्रमुख डा.अनुप गुरुङ रहेका छन् । यसैगरि, मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपाने, स्वकीय सचिव सुर्यप्रसाद गुरुङ,निजि सचिव एलीना गुरुङ रहेका छन । कोषमा हालसम्म ४० लाख जम्मा भैसकेको छ ।
कोषमा यसअघि बिभिन्न सामाजिक संघ सस्था तथा प्रदेशसभाका सदस्य, मन्त्रिपरिषदका सदस्यहरुले पनि सहयोग गरेका छन । कोरोना नियन्त्रणका लागि मुख्यमन्त्री गुरुङ आफै फिल्डमा खटिएर आबस्यक निर्देशन, सहयोग तथा समन्वयका कामहरु गरिरहेको स्रोतले जनाएको छ । प्रदेश सरकारले जनताका लागि राहतसहित औषधि उपचारको ब्यबस्था गर्ने घोषणा गरिसकेको छ । कोषमा हालसम्म ४० लाख जम्मा भैसकेको छ । यसअघि प्रदेश सरकारकै पहलमा पोखराको मालेपाटनमा स्थापना गरिएको क्वारेण्टाइनमा विभिन्न देशबाट आएका १६ जनालाई राखिएको छ । प्रदेश सरकारले बनाएको सो क्वारेण्टाइन मापदण्ड अनुसारको रहेको छ । क्वारेण्टाइनमा बस्नेहरु विभिन्न जिल्लाका छन् । यता, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आम नागरिकलाई सेल्फ क्वारेण्टाइनमा बस्न आग्रह गरेका छन् । उनले आफू पनि बच्न र समुदायलाई पनि बचाउन आत्मसंयम हुनुपर्नेमा जोड पनि दिएका छन् ।





