आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अहिलेकै औषधिले काम गरेमा हामी भाग्यमानी हुनेछौँ: भाइरस विज्ञ डाक्टर खड्का

अहिलेकै औषधिले काम गरेमा हामी भाग्यमानी हुनेछौँ: भाइरस विज्ञ डाक्टर खड्का


  • हरिनारायण गौतम
  • चैत्र १९ २०७६, बुधबार

इबोला भाइरसको औषधि पत्ता लगाएका जिवाणु वैज्ञानिक डाक्टर सुदीप खड्काले अहिले उपलब्ध औषधिले काम गरेमा कोरोना भाइरसको उपचार छिट्टै्र सम्भव रहेको बताएका छन् । अमेरिकाको जर्जिया राज्यको इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत डाक्टर खड्काले अहिलेको अवस्थामा भने कोरोनाको कुनै औषधि नभएको बताए ।

कुनै पनि औषधि अनुसन्धान भएर पूर्ण रुपमा प्रमाणित हुन ५÷१० वर्षको समय लाग्छ । तर, अर्को रोगमा प्रयोग हुन सकेको खण्डमा भने १÷२ वर्ष वा त्यो भन्दा कम समयमा उपलब्ध हुनसक्छ’, ढोरपाटनसँगको इमेल कुराकानीमा उनले भने,‘ अहिले भएका सिटामोलजस्ता केही औषधि कोरोना उपचारमा प्रभाकारी देखिएको छ , हामी भाग्यमानी भयौँ भने सायद कुनै औषधिले काम गर्ला । अहिले यसै भन्न सकिने अवस्था छैन ।’
उनले कोरोनो नयाँ भाइरस भएकाले आफूहरु पनि योबारे पूर्ण जानकार नभएको स्वीकार्दै अहिले भाइरसको जीवनचक्र र संक्रमणको सम्पूर्ण पक्षबारे बुझ्ने काम भइरहेको बताए ।

‘अहिले यो भाइरसको उपचार वा निदान गर्ने प्रयास र महामारीलाई नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ’, उनले भने,‘ हामी पनि यी सबै पक्ष बुझ्ने प्रयासमा छौँ, अन्य भाइरसबारे पहिल्यै अध्ययन भएको थियो,अहिले यो भाइरसको पूर्ण जिन प्राप्त भएको छ,हामीले अनुसन्धान थालेका छाँै ।’
उनले कोराना जनावरबाट आएको र अरु कुन जनावरलाई लाग्छ भन्ने जानकारी नभएकाले अरु जनावरमार्फत रोग फैलन सक्ने सम्भावना पनि औंल्याए । उनले उस्तै भाइरससँग कोरोनाको तुलना गर्ने काम भइरहेको जानकारी दिँदै अहिलेको संक्रमणले आफूहरु पनि अवाक भएको प्रतिक्रिया दिए । उनका अनुसार विगतमा ठूलै त्रास फैलाएका सार्स र मर्स भाइरसकै समूहको भाइरस भएको नाताले संक्रमणबाट अचम्मित नभए पनि कोरोना मर्सभन्दा कम खतरनाक तर सार्सजस्तै अहिलेको यसले भाइरोलोजिस्ट भन्दा पनि इपिडेमियोलोजिस्टहरु समक्ष थप चुनौती खडा गरेको छ । मानिसको जिन ‘डीएनए’ले बनेको हुन्छ भने भाइरसको जिन ‘आरएनए’ले बनेको हुन्छ । कोरोना र सार्ससँग तुलना गर्दा धेरै समानताहरु छन् । त्यसैले कोरोनालाई सार्स–२ नाम दिइएको हो अहिले कोरोनाको जिनको ‘सिक्वेन्स’ प्राप्त भएको हुँदा हामी सम्पूर्ण वैज्ञानिकहरु यो भाइरस बनाउन र यो भाइरसका प्रत्येक जिनहरुको एक–एक गरी सूक्ष्म अध्ययन गर्न सक्ने अवस्थामा भएको उनले दावी गरे ।
उनले कुनै पनि औषधि तथा खोप अनुसन्धान प्रक्रिया आफैमा अत्यन्त जटिल विषय भएको उल्लेख गर्दै कोरोनाविरुद्ध केही महिनाभरमा भएको अनुसन्धान कुनै चमत्कार भन्दा कम नभएको पनि बताए ।

उनका अनुसार कुनै व्यक्तिलाई पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, दमजस्ता रोग लागेको छ र कोरोना पनि लागेको छ भने उनीहरुमा पुरानै औषधि प्रयोग गर्नुपर्ने बताए । उनले जुनसुकै भाइरसले पनि महामारी फैलाउने सम्भावना हुने उल्लेख गर्दै महामारीको सिद्धान्त अनुसार अहिलेसम्म अपेक्षित केही नभएको जिकिर पनि गरे । ‘रोग फैलिने गति, रोगको प्रकार, यसको असर सबै अपेक्षित नै हो’, उनले भने,‘ आशा छ, आगामी दिनहरुमा मानव सभ्यतालाई महामारीविरुद्ध पूर्ण तयार रहन यसले राम्रो पाठ सिकाउने छ ।’
(डाक्टर खड्कासँगको अन्तर्वार्ता पनि हेर्नुहोस ।)

संक्रमित हुनु पाप होइन, घृणा गर्न पाइँदैन

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->