आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राहतमा विपन्नलाई बजारु चामल होईन ‘गाउँकै कोदो/मकै’ !

राहतमा विपन्नलाई बजारु चामल होईन ‘गाउँकै कोदो/मकै’ !

ताराखोला गाउँपालिकाको उदाहरणिय काम


  • तारानाथ आचार्य
  • चैत्र १९ २०७६, बुधबार

बागलुङ, १८ चैत– आपतकालिन अवस्थामा ज्याला मजदुरीबाट बञ्चित मजदुर तथा विपन्न परिवारका लागि यहाँको एक गाउँपालिकाले गाउँमै उत्पादित खाद्यान्न बाँड्ने भएको छ । बागलुङको ताराखोला गाउँपालिकाले बन्दाबस्थामा काम नपाएका कारण गुजारा चलाउन कठिन परिवारका लागि गाउँमै उत्पादित कोदो र मकै बाँड्ने योजना बनाएको हो ।
गाउँपालिकाले सोमबारदेखि काम गर्न बञ्चित भएर दैनिक गुजारा चलाउन कठिन भएका परिवारको लगत संकलन थालेको छ । वडा तहमा लगत संकलन गरेर आवश्यक मजदुर तथा विपन्न परिवारलाई गाउँमै उत्पादित खाद्यान्न उपलव्ध गराउने गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले बताए । ‘हामीसँग गाउँमा फलेको कोदो, मकै प्रसस्तै छ, एक ठाउँमा खरिद गरेर अर्को ठाउँमा बाँड्छौं’ घर्तिले भने ‘बजारको चामल किनेर नबाँड्न भनेका छौं ।’
ताराखोलामा धान कम फल्ने भएकाले गाउँपालिकाले कोदो मकै बितरण गर्ने योजना बनाएको हो । ‘कोदो र मकैसँगै दाल, साबुन र नुन लगायतका खाद्यान्न दिने योजना बनाईएको छ’ अध्यक्ष घर्तिले भने– ‘लगत संकलनको काम सकिएलगत्तै मजदुर विपन्नको घरदैलामा खाद्यान्न पु¥याईने छ ।’ ‘विपत्का बेला हामी जनताका साथमै छौं, गाउँका किसानले उत्पादन गरेकै खाद्यान्न बाँडेर खुवाउँछौं’ घर्ति भन्छन् ‘हामीसँग जे उपलब्ध छ त्यसैले पुग्छ भने बाहिरबाट किन ल्याउनु ।’
तरकारीको भने उनीहरु आँफैले प्रबन्ध गर्नुपर्ने छ । चार जना सदस्य रहेको परिवारलाई गाउँपालिकाले १० पाथी कोदो वा मकै दिने छ । ४ जनाभन्दा धेरै सदस्य रहेको परिवारका लागि १५ पाथी कोदो वा मकै दिने बिधि गाउँपालिकामा बनेको छ । आलुको उत्पादनको पकेट क्षेत्र रहेको ताराखोलामा कोदो र मकै राम्रो उत्पादन हुन्छ । त्यहाँका सर्वसाधारणले भान्सामा कोदो, मकै र आलुका परिकार बढी प्रयोग गर्छन् । ताराखोलामा मकै र कोदो प्रतिमाथि मुल्य १ सय ५० रुपैयाँ पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->