शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना भाइरस संक्रमितको संख्या ८ लाख ६१ हजार बढी (पछिल्लो अपडेट)

कोरोना भाइरस संक्रमितको संख्या ८ लाख ६१ हजार बढी (पछिल्लो अपडेट)


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०७६, बुधबार

काठमाडौँ, १९ चैत – कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर संक्रमित हुनेको संख्या ८ लाख ६१ हजार २ सय ९५ पुगेको छ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यसका कारण संसारभर ४२ हजार ३ सय ८७ जनाको मृत्यु भइसकेको छ ।त्यस्तै, यसको संक्रमणबाट विश्वका २०३ देश तथा टापुहरु प्रभावित भएका छन् । विश्वभर महामारीको रुप लिएको कोरोनाबाट संक्रमित भएकामध्ये १ लाख ७८ हजार ६ सय ६८ जना पूर्ण रुपमा निको भइसकेका छन् भने अरु बाँकी उपचारमै रहेका छन् ।

कोरोनका कारण हाल मृत्युदर २ बाट बढेर प्रति १ मिलियन जनसंख्यामा ५.४ प्रतिशत पुगेको छ । मृत्युदर क्रमशः बढ्दै गएको पछिल्लो तथ्यांकले देखाएको छ ।यसको संक्रमण अमेरिकामा निकै द्रुततर गतिमा फैलिरहेको छ । हालसम्म अमेरिकामा सबैभन्दा बढी करिब १ लाख ८९ हजार जना संक्रमित भइसकेका छन् भने ४ हजार ५६ जनाको यसका कारण मृत्यु भएको छ ।

उता इटालीमा करिब १ लाख ६ हजार संक्रमित छन् भने सबैभन्दा बढी १२ हजार ४ सय २८ जना मानिसको कोरोना संक्रमणले निधन भइसकेको छ ।त्यस्तै, स्पेनमा ८ हजार ४ सय ६४ जनाको मृत्यु भइसकेको छ भने त्यहाँ करिब ९६ हजार संक्रमित छन् । यता चीनमा करिब ८२ हजारमा संक्रमण भेटिएको छ भने ३ हजार ३ सय १२ जनाको मृत्यु भएको छ ।

गत डिसेम्बरदेखि चीनबाट सुरु भएको नोभल कोरोना भाइरस केही महिना अघिसम्म चीनमा महामारीको रुपमा थियो भने पछिल्लो केही दिनमा चीनमा नयाँ संक्रमणहरु कम देखा परेका छन् ।यद्यपि अहिले अमेरिका र युरोप कोरोना फैलावटको केन्द्र बनेको छ । जर्मनीमा करिब ७२ हजार संक्रमित छन् भने ७७५ जनाको मृत्यु भएको छ ।फ्रान्समा करिब ५३ हजार संक्रमित हुँदा ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ । यता इरानमा करिब ४५ हजारमा संक्रमण देखिएको छ भने करिब २९ सय जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->