आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दलित तथा विपन्नलाई मास्क र साबुन वितरण

दलित तथा विपन्नलाई मास्क र साबुन वितरण


  • ढोरपाटन संबाददाता
  • चैत्र २१ २०७६, शुक्रबार

गलकोट, २१ चैत – कोरोना भाईरस संक्रमणको रोकथाम र जोखिम कम गर्न गलकोट नगरपालिका–७ ले वडामा घरदैलो गर्दै मास्क वितरण गरिएको छ । मल्मको झिर्कादेखि बामियासम्म घरदैलो गर्दै विपन्न तथा दलित परिवारलाई झण्डै ३ सय माक्स र साबुन वितरण गरिएको वडा अध्यक्ष टिका बहादुर थापाले जानकारी दिए । वडाबासीलाई सरसफाईमा ध्यान दिन र कोरोना भाईरसबाट कसरी सुरक्षित हुने भन्ने विषयमा जनचेतना फैलाउन अभियान संचालन गरिएको अध्यक्ष थापाले बताए । कोरोनाबारे फैलाईएका अफवाहको पछि नलागी कोरोना भाईरसको संक्रमणबाटसुरक्षित रहन आग्रह गर्दै माईकिङ समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->