आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गलकोट बहुउद्देश्यीय सहकारीद्धारा कल्याणकारी कोषलाइ सहयोग

गलकोट बहुउद्देश्यीय सहकारीद्धारा कल्याणकारी कोषलाइ सहयोग


  • ढोरपाटन संबाददाता
  • चैत्र २१ २०७६, शुक्रबार

गलकोट , २१ चैत –  गलकोट बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले गलकोट कल्याणकारी कोषमा सहयोग गरेको छ । गलकोट नगरपालिका वडा नं ३ मा रहेको सहकारीले  शुक्रवार  नगरप्रमुख भरत शर्मा गैरेलाई ५० हजारको चेक हस्तान्तरण गरेको हो । बिपदको वेलामा   प्रयोग गर्नेगरि गलकोट नगरपालिकाले सञ्चालन गर्दै  आएको गलकोट कल्याणकारी कोषमा रकम जम्मा हुने गरि सहयोग प्रदान गरेको सहकारीका अध्यक्ष राम प्रसाद शर्माले जानकारी दिए । बिश्वब्यापी माहामारीको रुपमा फैलिएको कारोना भाईरसको सक्रमंण रोकथामको लागी आवश्यक सामाग्री तथा दैनिक ज्याला मजदुरी गरि खाने श्रमिकलाई राहत दिने गरि कल्याणकारी कोषमा सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगर्त सहयोग गरेको शर्माको भनाई छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->