आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

इन्द्रेणीद्वारा राहत वितरण

इन्द्रेणीद्वारा राहत वितरण


  • Dhorpatan News
  • चैत्र २२ २०७६, शनिबार

गलकोट, २२ चैत – इन्द्रेणी युवा क्लवले राहत सामग्री वितरण गरेको छ । गलकोट नगरपालिका – ४ मा क्रियाशिल क्लवले लकडाउनका कारण समस्यामा परेका अतिविपन्न र मजदूरलाइ खाद्य सामग्री प्रदान गरेको हो । स्थानीय ३० घर परिवारलाई ३० केजीको  चामल, १ केजी दाल, १ केजी तेल र १ केजी नून सहयोग गरेको क्लवका अध्यक्ष महेन्द्र खड्काले जानकारी दिए । त्यस्तै भारत र तराईबाट मजदूरी गर्न आएका १४ जनालाई ३० केजीको २ बोरा चामलसहित दाल, नून र तेल सहयोग गरेको कोषाध्यक्ष राम खत्रीले जानकारी दिए ।क्लवका अध्यक्ष तथा सदस्यहरुले अत्यावश्यक सामाग्री घरघरमै लगेर हस्तान्तरण गरेको क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->