आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा लकडाउन उल्लंघन गर्ने ४० जना पक्राउ

बागलुङमा लकडाउन उल्लंघन गर्ने ४० जना पक्राउ


  • ढोरपाटन संबाददाता
  • चैत्र २३ २०७६, आइतबार

बागलुङ, २३ चैत – काम बिनानै बजारमा हिँडीरहेका ४० जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलिले आईतवार बिहानै नियन्त्रणमा लिएको छ । आईतवारदेखि लकडाउन कार्यान्वयनमा कडाई थालेको प्रहरीले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन भनेको थियो ।
काम बिनानै बजारमा समुह बनाएर हिँडिरहेकालाई नियन्त्रणमा लिईएको प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिए । नियन्त्रणमा लिईएकालाई केही घण्टा प्रहरी कार्यालयको परिसरमा राखेर छोडिने छ ।
‘दुध, पानी, तरकारी, औषधि जस्ता अत्यावश्यक सामग्री खरिदका लागि जानेहरु बाहेक कसैलाई बाहिर नजान सार्वजनिक सूचना गरेका छौं’ प्रहरी निरिक्षक रिजालले भने ‘एक दिन किन्दा चार दिनको सामान किन्नुस भनिएको छ।’ कोरोनाको महामारी फैलिन नदिनको लकडाउनको कार्यान्वयनमा उच्च सतर्कता अपनाईएको उनले बताए । प्रहरीले लकडाउन अबधिभर उलंघन गर्नेहरुलाई नियन्त्रणमा लिने र आवश्यक कारवाही गर्ने कार्य जारी राख्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->