शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ, कैलाली र कञ्चनपुरमा क–कसको हुनेभयो कोरोना परीक्षण ?

बागलुङ, कैलाली र कञ्चनपुरमा क–कसको हुनेभयो कोरोना परीक्षण ?


  • ढोरपाटन संबाददाता
  • चैत्र २३ २०७६, आइतबार

काठमाडौं, २३ चैत – सरकारले बागलुङ, कैलाली र कञ्चनपुरमा हुने र्‍यापिड डाइग्नोस्टिक टेष्टमा क–कसलाई सहभागी गराउने भन्ने टुंगो लगाएको छ । कैलालीमा स्थानीय संक्रमण देखिएपछि मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले तीन जिल्लामा र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको थियो । त्यसअनुसार टोली खटाउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बागलुङमा कोराना संक्रमितको वासस्थान वरपर रहेका तथा सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण हुनेछ ।

यस्तै कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको कोरोना परीक्षण हुनेछ ।साथै चैत महिनामा आएका र उनीहरुको सम्पर्कमा आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा गरिने डा. देवकोटाले बताए । ‘यसरी टेष्ट गर्दा पोजेटिभ आएकाहरुको पीसीआर विधिबाट यकिन गर्ने र यसको नतिजाका आधारमा अन्य क्वारेन्टाइनमा रहेका व्यक्ति र कोभिड–१९ संक्रमणको शंका लागेका व्यक्तिहरुको परीक्षण गरिनेछ,’ उनले भने ।
मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठक बसेर र्‍यापिड डाइग्नोस्टिक टेष्ट टोली पठाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->