शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१५ सयको कोरोना परीक्षण, एक सय १३ जना आइसोलेसनमा

१५ सयको कोरोना परीक्षण, एक सय १३ जना आइसोलेसनमा

खरिपाटी क्‍वारेन्टाइनमा रहेका ९४ जनाको रिपोर्ट नेगेटिभ


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०७६, आइतबार

काठमाडौं, २३ चैत – नेपालमा अहिलेसम्म १५ सय बढीको कोरोना परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबारसम्म १५ सय २९ जनाको कोरोना परीक्षण भएको हो। परीक्षण भएकामध्ये ९ जनामा कोरोना पुष्टि भएको छ। अन्य एक सय १३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। ‘उपत्यकामा १२ र उपत्यका बाहिर १०१ गरेर एक सय १३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ’, प्रवक्ता देवकोटाले आइतवार नियमित पत्रकार सम्मेलनमा भने।
शुक्रबार ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुसहित अहिले देशभरका सात स्थानमा कोरोना परीक्षण सुरु भएको छ। ‘उपत्यका बाहिर ६ ठाउँमा कोरोना परीक्षण सुरु भएको छ’, प्रवक्ता देवकोटाले भने, ‘धरान, पोखरा, जनकपुर, सुर्खेत, हेटौंडा र धनगढीमा परीक्षण भइरहेको छ।’ देवकोटाका अनुसार बुटवलमा सोमबारबाट परीक्षण सुरु हुनेछ भने चितवनमा आइतबारबाटै परीक्षण सुरु भएको छ। चितवनमा परीक्षण सुरु भएपछि उत्पत्यका बाहिर सात ठाउँमा टेष्ट सुरु भएको उनको भनाइ छ।
देवकोटाले भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका ९४ जनाको कोरोना परीक्षण गर्दा रिपोर्ट नगेटिभ आएको बताए ।
कोरोना संक्रमित ९ जनामध्ये एकजना उपचारपछि निको भएका छन्। चार जनाको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा, दुई जनाको बागलुङ र दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->