काठमाडौं, २४ चैत – सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले सो निर्णय गरेको हो। यसअघि सरकारले चैत ११ गतेदेखि एक हप्ता लकडाउन गरेको थियो। त्यसपश्चात पनि चैत १८ गते थप एक हप्ता लकडाउन गर्ने घोषणा गरेको थियो। दोस्रोपटक थप गरेको अवधि भोलि सकिनै लाग्दा सरकारले फेरि लकडाउन अवधि ८ दिन थप गरेको हो।





