शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘लकडाउन कडाइका साथ पालना गर्नुपर्छ, नो कम्प्रमाइज’

‘लकडाउन कडाइका साथ पालना गर्नुपर्छ, नो कम्प्रमाइज’


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०७६, शनिबार

काठमाडौं, २९ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कुनै किसिमको सम्झौता नगर्न मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भएको भिडिओ कन्फरेन्समा बोल्दै प्रधानमन्त्री ओलीले लकडाउनलाई कडाइका साथ पालना गर्नसमेत भनेका छन् ।
‘अमेरिका, इटाली, फ्रान्स, बेलायतजस्ता राष्ट्रहरूले कोरोना नियन्त्रण गर्न सकिरहेका छैनन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘यसले मन्त्री- मुख्यमन्त्री कोही चिन्दैन। त्यही भएर खेलाँची नगरौं ।’ जनताले पनि दुःख नपाउनेतर्फ ध्यान दिन जरूरी रहेको भन्दै भावनामा बहकिनसमेत नहुने प्रधानमन्त्रीले बताए । ‘लकडाउन भनेको लकडाउन नै हो । यसलाई कडाइका साथ पालना गर्नुपर्छ। नो कम्प्रमाइज,’ प्रधानमन्त्रीले भने ।ओलीले अहिले जनतालाई दुःख दिन नभएर जनताको जीवनरक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वानसमेत गरेका छन् । उनले सरसफाईमा ध्यान दिन, माक्स र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि मुख्यमन्त्रीलाई आग्रह गरे । सबै मुख्यमन्त्रीले प्रदेशमा कोरोना नियन्त्रणको प्रयास आवश्यकता अनुसार भइरहेको बताएका छन् । शनिबार बिहान ११ : ३० मा सुरु भएको मुख्यमन्त्रीसँगको भिडियो कन्फरेन्स छलफल दिउँसो ३:४० मा सकिएको थियो । छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीले प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयाशको बारेमा जानकारी गराए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->