शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सुदूरपश्‍चिममा थप एकजना कोरोना संक्रमित भेटिए

सुदूरपश्‍चिममा थप एकजना कोरोना संक्रमित भेटिए


  • Dhorpatan News
  • बैशाख १ २०७७, सोमबार

डडेल्धुरा, १ बैशाख – सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका- १ मा ६० वर्षीया महिलामा कोरोना ‘पोजेटिभ’ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। जसमामा १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका छन्। लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले बताए। उनी परिवार सहित विरगञ्जबाट फर्किएको बुझिएको बताउँदै प्रमुख डाक्टर तिमिल्सिनाले एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल पठाइएको बताए। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->