शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंका अस्पताल भर्ना, अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ

काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंका अस्पताल भर्ना, अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ

एकै परिवारका उनीहरु ८१ वर्षीया वृद्धा आमा सहित ५८ वर्षीया छोरा र ५६ वर्षीया बुहारी रहेका छन्।


  • ढोरपाटन संवाददाता
  • बैशाख १ २०७७, सोमबार

काठमाडौं, १ वैशाख – २८ दिन पहिला बेलायतबाट आएका काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा वस्ने एकै परिवारमा तीन जनाको र्‍यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताए । एकै परिवारका उनीहरु ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेका छन्।
अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्‍यापिड टेष्ट गरिएको थियो । सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । तीमध्ये ए बिल्डिङमा बस्ने एक परिवारको तीन जनालाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो ।
उनीहरु बेलायतबाट फर्केको छिमेकीहरुलाई यसअघि नै थाहा थियो । सनसीटीमा बस्ने एकजनाले भने, ‘अस्तिदेखि विदेशबाट आएर बसिरहेका थिए, जचाउन पनि गएका थिएनन्, कोरोना सार्ने हुन् कि भन्ने डर हामीलाई लागिरहेको थियो, आज त  अस्पताल लगिएछ ।’  तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ । अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->