सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेकपा अध्यक्ष प्रचण्डको यस्तो छ लकडाउन डायरी

नेकपा अध्यक्ष प्रचण्डको यस्तो छ लकडाउन डायरी

उनी भन्छन्, यस्तो बेला राजनीतिक विषयमा रहेका विमति भन्दा पनि सरकारले गरेका प्रभावकारी कामको विषयमा जोड दिनु पर्दछ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०७७, मंगलबार

पोखरा, २ वैशाख । यतिवेला धेरैलाई जिज्ञसा छ, राजनेताहरु के गरीरहेका छन् ? मलुक लकडाउन भएको वेला उनीहरुको दैनिकी कसरी चलिरहेको छ जान्न पाउनु हरेक नागरिकको अधिकार पनि हो । त्यसैले हामीले लकडाउन डायरीमा शिर्ष नेताहरुलाई फोनमा सम्पर्क गर्न कोशिस गरेका छौ । उनीहरु फोनमा धेरै कुराकानी गर्न नचाहेपनि आप्mनो भएको समय खर्चलाई ब्यवस्थापन गर्न कोशिस गरीरहेको वताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक जीवनमा सायदै यति धेरै फूर्सदका दिनको सदुपयोग गरेका थिए होला । लकडाउनले त्यो समय उपलब्ध गराएको छ । जनयुद्धदेखि शान्ति प्रक्रिया हुँदै सामान्य राजनीतिक अवस्था सम्म आइपुग्दा उनको व्यस्तताको सीमा नै थिएन । परिवारका लागि उतिसाह्रो समय दिन पाएका थिएनन् ।
विहान उठेपछि केही समय शारिरिक व्यायामबाहेक विहान ८ बजेदेखि राजनीतिक काममा नै अभ्यस्त हुने प्रचण्डलाई कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लक डाउनले परिवारका सदस्यसँग दैनिकी बिताउने गज्जबको मेसो बनाएको छ । खासगरी स्वास्थ्यका हिसाबले कमजोर रहेकी पत्नी सीता दाहालका निम्ति उनले पर्याप्त समय निकाल्न पाएका छन् । परिवारका अन्य सदस्यसँग पनि सोही हिसाबमा सामिप्यको व्यवाहार गर्ने अवसरको सदुपयोग गरिरहेका छन् ।
लक डाउनका समयलाई उनले पटक्कै खेर फालेका छैनन् । विहानको दैनिकीसँगै साइकल चलाउने, पत्नी सीतालाई निवासको कम्पाउन्डमा घुमाउने, राजनीतिक व्यक्तित्वसँग टेलिफोनमा कुराकानी गरी मुलुकको विषयमा परामर्श गर्ने, अर्गानिक खाना पकाउन आफैं तयार हुनेसम्मका काममा प्रचण्ड यतिवेला व्यस्त छन् ।
हरेक दिन विहान ५ बजेदेखि आधा घन्टा नेपाली पुराना गीत सुनेर दैनिकी सुरु गर्ने प्रचण्डले परिवारमा पनि नयाँ नियम बनाएका छन् । उनी भन्छन्, अहिले हामीसंग भएसम्म खण्डमा विहान मांसाहारी खाना खाने, बेलुका शाकाहारी खाने भनी अभ्यास गरिहेका छौं ।
यसको पनि खास कारणबारे उनी थप खुलेका छन् । कोरोना भाइरसको संक्रमण बढ्न नदिन रोग प्रतिरोधात्मक क्षमता बढाउनका निम्ति मसलेदार खानामा नै जोड दिने गरेको प्रचण्डले बताए । प्रचण्डले यहि मौकामा दाउराबाट पकाएर खान थालेको पनि खुलासा गरेका छन् । पकाउने काममा प्रचण्ड आफैं तयार रहेको र दाउरा सज्दै गरेको तस्बिर पनि सार्वजनिक भएको छ । छोरी ज्वाँई गंगा दाहाल, जीवन आचार्य र प्रचण्डले खाना पकाएको तस्बिर सामाजिक सञ्जालमा नै बाहिरिएको हो । उनी साना नातीनातिनासँग साइकिलिंग गरेको तस्बिर पनि सार्वजनिक भएको थियो ।
राजनीतिक काममा भने प्रचण्ड पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठक वा पार्टीका केही विशेष काम भए मात्र लक डाउनको अनुशासन पालना गर्र्द सुरक्षित भएर जाने गरेको वता ए । उनी भन्छन्, ‘दिउँसोको समयचाहिँ पुस्तक पढेर बिताउने गरेको छु ।’ महाभुकम्पले नेपालीलाई धनी गरिब वा ठूलो सानो नभनीकन एक बनाए जस्तै कोरोनाले मानव जातिलाई नै एक बनाउनका निम्ति सन्देश दिएको बताएउदै प्रचण्डले नागरिकको सुरक्षाका लागि सरकारले लिएको लक डाउनको निर्णय र गरेका कामको खुलेर प्रशंशा गरे ।
उनीसंग कुरा गर्दा बाहिर आएजस्तो सरकारका कामप्रति प्रचण्डको खासै गुनासो रहेको सुनाउदैन् । उनी भन्छन्, यस्तो बेला राजनीतिक विषयमा रहेका विमतिको भन्दा पनि सरकारले गरेका प्रभावकारी कामको विषयमा जोड दिनु पर्दछ । अहिले सवैले सरकारलाई सहयोग गरी अघि बढ्नुपर्छ र नागरिकले पनि सरकारले गरेको निर्णयलाई इमान्दारीताका साथ मान्नुपर्दछ । प्रचण्डले थपे, हामी बाँच्नु पर्दछ र अरु सवैलाई पनि बँचाउनु पर्दछ, यसका लागि सवै इमान्दार बन्नै पर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->