सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मुल्यबृद्धि गरि बिक्रि गर्नेलाई कडा कारबाहीको चेतावनी

मुल्यबृद्धि गरि बिक्रि गर्नेलाई कडा कारबाहीको चेतावनी


  • ढोरपाटन संबाददाता
  • बैशाख २ २०७७, मंगलबार

पोखरा, २ बैशाख – विश्व व्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण उत्पन्न बिषम परिस्थितिमा दैनिक उपभोग्य वस्तूहरुमा अनपेक्षित मुल्यबृद्धि गरि विक्रिवितरण गर्ने विक्रेताहरुलाई गण्डकी प्रदेश स्तरिय आपूर्ती अनुगमन समितिले कडा कारबाहीगर्ने चेतावनी दिएको छ । मंगलबार बसेको प्रदेश आपूर्ती अनुगमन समितिले गण्डकी प्रदेशका केही जिल्लाहरुमा रहेको आपुर्तीकर्ता तथा विक्रेताहरुबाट दैनिक उपभोग्य वस्तूहरुमा अनपेक्षित मुल्यबृद्धि गरेको भन्ने सुचना प्राप्त भएको भन्दै त्यस्तो गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।
प्रदेश आपूर्ती अनुगमन समितिका संयोजक एवम् उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रीविकास लम्सालको अध्यक्षतामा बसेको प्रदेश स्तरिय आपूर्ती अनुगमन समितिको बैठकले अनुगमन गर्दा अनपेक्षित मुल्यबृद्धि गरेको पाईएमा त्यस्ता आपूर्तीकर्ता वा विक्रेतालाई कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय गरेको छ ।
गण्डकी प्रदेशभित्र दैनिक उपभोग्य वस्तुहरु सहज रुपमा उपलब्ध भैइरहेको,मुल्य यथावत रहेको र आपूर्ती निरन्तर भईरहेको बताइएको छ ।
बैठकले गण्डकी प्रदेशका प्रत्येक जिल्ला प्रशासन कार्यालय मार्फत जिल्लामा हाल मौज्दातमा रहेका दैनिक उपभोग्य बस्तुहरुको विवरण, बजार मुल्य र सम्वन्धित जिल्ला भित्रका स्थानीय तहबाट हालसम्म वितरण भएका राहत सम्वन्धि विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय, गण्डकी प्रदेशलाई निर्देशनसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->