आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लकडाउन उल्लंघन गर्ने १२० जना पक्राउ

लकडाउन उल्लंघन गर्ने १२० जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०७७, बुधबार

बागलुङ, ३ बैशाख– लकडाउन उल्लंघन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार सदरमुकाम बागलुङ बजारबाट १२० जना र १३ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कामबिनै सडकमा निस्किएकाहरुलाई प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गणमा केहीबेर राखेर आवश्यक कारवाहीपछि छोडिएको प्रहरी निरिक्षक हेम केसीले जानकारी दिए । प्रनि केसीका अनुसार, नियन्त्रणमा लिईएका मोटरसाइकललाई भने तत्काल फिर्ता गरिने छैन ।
बागलुङमा दोस्रो कोरोना संक्रमित देखापरेपछि लकडाउन कार्यान्वयनमा कडाई थालेको प्रहरीले यस साताको पहिलो चार दिन कसैलाई पनि नियन्त्रणमा लिएको थिएन् । बुधबारबाट पुनः कडाई थालिएको केसीले बताए । बजारका चोक तथा सडकमा निगरानी भने भैरहेको थियो । सर्वसाधारणले नै बुझेर कोरोना संक्रमण रोक्नका लागि लकडाउनको पुर्ण पालना गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->