आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

संकटमा सहकारीको साथ : घरदैलोमै उपभोग्य वस्तु डेलिभर

संकटमा सहकारीको साथ : घरदैलोमै उपभोग्य वस्तु डेलिभर


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०७७, बुधबार

बागलुङ, ३ बैशाख– लकडाउनमा दैनिक उपभोग्य वस्तुको आपुर्तिमा समस्या झेलिरहेका यहाँका दुई वडाका सर्वसाधारणलाई सहकारीले सघाएका छन् । बागलुङ नगरपालिका–१० भकुण्डे र काठेखोला गाउँपालिका–७ रेशमा रहेका साना किसान कृषि सहकारी संस्था लि.ले उपभोक्ताको घर–घरमै उपभोग्य सामग्री पु¥याएर सघाएका हुन् ।
संकटको बेला सहकारी साथी बन्नुपर्ने भन्दै बजार जान नपाएका उपभोक्ताको लागि दैनिक उपभोग्य बस्तु घर–घरमै पु¥याईएको साना किसान कृषि सहकारी संस्था भकुण्डेका सञ्चालक सदस्य उमाकान्त शर्माले बताए । बागलुङ बजारमा पाईने मुल्यमा सामान उठाएर उपभोक्ताको घरदैलोमा पु¥याईएको थियो । चामल, तेल, नुन, साबुन लगायतका अत्यावश्यक सामग्री सहकारीका सवारी साधनमार्फत उपभोक्ताको घरमा पु¥याईएको थियो ।
सहकारीहरुलाई बागलुङ बजारदेखि उपभोक्ताको घरसम्मको ढुवानीको व्यवस्था वडा कार्यालयले गरिदिएको रेशका वडा अध्यक्ष प्रेम लामिछानेले बताए । ‘जनतासँग जनप्रतिनिधि कार्यक्रम शिर्षकको रकम बँचेको थियो’ लामिछानेले भने ‘संकटको समयमा सर्वसाधारणको मर्का बुझेर हामीले ढुवानीका लागि उपलव्ध गरायौं ।’
कोरोनाको संकट खेपिरहेका उपभोक्तालाई बजार मुल्य तिरेरै भएपनि घरदैलोमा पु¥याउन संकटका बेला सहकारी साथी भएको उनले बताए । रेशमा रहेको साना किसानले ४ सय ५० घरधुरीमा सामान पु¥याएको जनाएको छ । ‘हाम्रा शेयर सदस्य र अत्यावश्यक भएका अरु गाउँलेको पनि सामान घरमै पु¥यायौं’ अध्यक्ष यामबहादुर कार्कीले भने ‘लकडाउन थपिएपछि अभियान जारी राख्नुपर्ने अवस्था आउँछ ।’ भकुण्डेमा भने ४ सय ७५ जनाको घर–घरमै सामान पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->