सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

इटलीबाट आएकी महिलामा एन्टीबडी पोजेटिभ देखिएपछि डाक्टर र उनका सहयोगी सहित ल्याबका तीन जनानै क्वारेन्टाइनमा

इटलीबाट आएकी महिलामा एन्टीबडी पोजेटिभ देखिएपछि डाक्टर र उनका सहयोगी सहित ल्याबका तीन जनानै क्वारेन्टाइनमा


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०७७, बिहिबार

काठमाडौं, ४ वैशाख – इटलीबाट आएकी ३१ वर्षीया एक महिलाको र्‍यापिड टेस्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएको छ । उनको पीसीआर विधिबाट परीक्षण हुन बाँकी छ । बूढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना सं‌क्रमण परीक्षण  सुरु गरेको थियो । त्यसक्रममा उनी आफैं जाँच गराउन आइपुगेकी थिइन् ।
‘२२ दिनसम्म घरमै क्वारेन्टाइनमा बसेको थिएँ भन्दै आउनुभयो । टेष्ट गर्दा पोजेटिभ आयो’ मेयर उद्धवप्रसाद खरेलले भने, ‘उहाँ विदेशबाट आउनु भएको स्थानीय तहको रेकर्डमा थिएन ।’ चैत पहिलो साता आएकी उनले १४ दिन क्वारेन्टाइनमा बसेपछि आफन्तसँग भेटघाट गर्ने गरेको पाइएको छ ।
बुधबार भएको टेष्टमा एन्टीबडी पोजेटिभ आएपछि पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको छ । र्‍यापिड टेष्टमा खटिएका डाक्टर, उनका एक सहयोगी र ल्याबका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । मेयर खरेलकाअनुसार स्थानीय तहले विदेशबाट आएकाहरुलाई सूचीकृत गर्न भनेको थियो । तर धेरैले नगरेको पाइएको छ । अहिले र्‍यापिड टेष्टका क्रममा भने उनीहरु सम्पर्कमा आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->