आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बेलायतमा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या १३ पुग्यो

बेलायतमा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या १३ पुग्यो


  • कृष्णप्रसाद शर्मा
  • बैशाख ५ २०७७, शुक्रबार
फाईल फोटो

फाईल फोटो

लण्डन, ५ बैशाख– कोरोनाबाट बेलायतमा मृत्युहुने नेपालीको संख्या १३ पुगेको छ । शुधबार थप एक पूर्व गोरखा सैनिकको निधन भएपछि बेलायतमा कोरोनाका कारण मृत्युहुने नेपालीको संख्या बढेको हो । बुधबार लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँसराइ गरेका थिए । पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आएका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए । यस अघि बागलुङको सरंगेका एक जना सहित बेलायतमा कोरोनाकै कराण १२ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->