काठमाण्डौ, ५ बैशाख – नेपालमा कोरोना संक्रमितको संख्या तीस पुगेको छ । शुक्रबार एकैदिन १४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका–८ का हुन् । उनीहरु चैतमा बेलायतबाट फर्केका थिए ।




