शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काेभिड १९ : २३ लाख बढि सङ्क्रमित, झण्डै ६ लाख निको भए

काेभिड १९ : २३ लाख बढि सङ्क्रमित, झण्डै ६ लाख निको भए


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०७७, आइतबार

पोखरा, ७ बैशाख – विश्वका विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) बाट २३ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख ३० हजार ९ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पाँच लाख ९६ हजार ५ सय ३७ जना भन्दा धेरै निको भएका छन् । एक लाख ६० हजार ७ सय ५५ जनाले ज्यान गुमाएका छन् ।
२४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार तीन सय तीन जनाको ज्यान गएको छ । ७६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । एकैदिन १७ सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या झण्डै ३९ हजार पुगेको छ । सात लाख ३७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै इटलीमा २३ हजारभन्दा धेरै, स्पेनमा २० हजारभन्दा धेरै, फ्रान्समा १९ हजारभन्दा धेरै, बेलायतमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच सय पुगेको छ भने १५ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->