सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मन्त्रिपरिषद्‍ले ल्याएका दुई अध्यादेश राष्ट्रपतिद्वारा जारी

मन्त्रिपरिषद्‍ले ल्याएका दुई अध्यादेश राष्ट्रपतिद्वारा जारी


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०७७, सोमबार

काठमाडौं, ८ बैशाख – मन्त्रिपरिषद्ले पास गरेका दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् । संवैधानिक परिषद् सम्बन्धी कानुन र राजनीतिक दलसम्बन्धि कानुनलाई संशोधन गर्ने अध्यादेश जारी भएका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिबाट, संवैधानिक परिषद् ‘काम, कर्तब्य, अधिकार र कार्यविधि’ सम्बन्धी(पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ भएको जानकारी दिएका छन्।
उक्त अध्यादेश अनुसार पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्याएमा  पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । संवैधानिक  परिषदसम्बन्धी अध्यादेशमा प्रमुख प्रतिपक्षी दलका नेताविनै संवैधानिक परिषद बैठक बस्न र निर्णय गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->