सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरणपछि नेकपा बैठक प्रभावित

राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरणपछि नेकपा बैठक प्रभावित


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०७७, सोमबार

काठमाडौं, ८ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा छलफल भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सोमबार सिफारिस गरेका दुई अध्यादेश जारी गरेपछि बैठक प्रभावित भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मुलुक कोरोना महामारीसँग लडिरहेको बेला पार्टीमा छलफल नै नगरी सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेताहरुले विरोध गरेपछि नेकपाले सोमबार साँझ साढे ५ बजे सचिवालय बैठक बोलाएको थियो ।
बैठकको सुरुमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याउनुको कारणबारे ब्रिफिङ गरे । त्यसपछि नेताहरुले त्यसमाथि आ-आफ्नो धारणा राखिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै अध्यादेश जारी गरेको सूचना आएपछि सचिवालय बैठक नै प्रभावित भएको हो । अध्यादेशलाई महत्वका साथ लिएर छलफल भइरहेको बेला राष्ट्रपतिबाट प्रमाणीकरण भएको खबर आएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यसले स्वाभाविक रुपमा थप छलफल गर्नुको औचित्य रहेन ।’
बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा काेराेना संक्रमणविरूद्द जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जाेड दिएकाे प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->