सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

यस्तो हुनेछ अबका तीन दिनको मौसमी अवस्था

यस्तो हुनेछ अबका तीन दिनको मौसमी अवस्था

चट्याङ्ग, हावाहुरी, असिना सहित वर्षा हुनसक्ने देखिएकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०७७, मंगलबार

पोखरा, ९ बैशाख – हाल देशमा स्थानीय वायुको  प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको अधिकांश स्थानमा सामान्य बदली रही केहि स्थानहरुमा  मेघ गर्जन /चट्याङ्ग / हावाहुरीसहित वर्षा भइरहेको छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य  बदली  रहि केहि स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको उल्लेख छ। अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ।
राति पनि देशभर आंशिक देखि सामान्य  बदली रहि थेरै स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार बुधबार पनि देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वी भु-भागका थोरै स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। महाशाखाले मेघ गर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित वर्षा  हुन सक्ने  देखिएकोले सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->