शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दुवईबाट आएका धनगढीका युवाले पनि जिते कोरोना

दुवईबाट आएका धनगढीका युवाले पनि जिते कोरोना

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्दा यसलाई जितेर निको हुनेको संख्या पाँच पुगेको हो । 


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०७७, मंगलबार

धनगढी, ९ बैशाख – धनगढीका अर्का कोरोना बिरामी निको भएर २९ दिनपछि घर फर्केका छन् । धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार घर पठाइएको सेती अञ्चल अस्पतालका डा. जगदिश जोशीले जानकारी दिए । कोरोना परीक्षणमा उनका पछिल्ला दुई रिपोर्टको नतिजा नेगेटिभ आएको थियो । सोमबार उनको चौथौ र मंगलबार पाँचौं रिपोर्ट आएको हो ।
उनी चैत ७ गते दुवईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौंबाट नेपालगञ्ज जहाजमा र त्यसपछि बस, अटोरिक्सा हुँदै चैत ८ गते घर पुगेका थिए । दुवईमा पनि बिरामी परेका उनलाई, कोरोनाको जस्तै लक्षण देखिएपछि चैत ११ गते सेती प्रादेशीक अस्पताल भर्ना गरिएको थियो । उनको थ्रोट स्वाबको रिपोर्ट चैत १४ गते पोजिटिभ आएपछि उनलाई सेती प्रादेशीक अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनका परिवारका ८ जना मध्ये, ३४ वर्षीय भाउजूलाई पनि कोरोना पोजिटिभ  देखिएपछि, उनी पनि सेती प्रादेशीक अस्पतालको आइसोलेसनमा छन् ।
सेती प्रादेशीक अस्पतालमा सुरुमा पाँच कारोना संक्रमितको उपचार भएको थियो। आइतबार २१ वर्षीय युवक १६ दिनमा कोरोनालाई जितेर डिस्चार्ज भएका थिए । मंगलबार अर्का पुरुष डिस्चार्ज भएपछि अहिले सेती अस्पतालमा तीनजनाको उपचार भइराखेको छ।
त्यसैगरी शनिबार मात्र बागलुङको धौलागिरी अस्पतालमा १७ दिनदेखि उपचार गराइरहेकी ६५ वर्षीय महिला र काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा २७ दिनदेखि उपचार गराइरहेकी युवतीको डिस्चार्ज भएको थियो। यसअघि गत माघमै एक युवक कोरोनालाई जितेर डिस्चार्ज भएका थिए। नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्दा यसलाई जितेर निको हुनेको संख्या पाँच पुगेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->