शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

१९ एसपीलाई एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

१९ एसपीलाई एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०७७, मंगलबार

काठमाडौं, ९ बैशाख – गृह मन्त्रालयलले १९ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । गृहसचिव महेश्वर न्‍यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले १९ जना एसपीलाई एसएसपीमा सिफारिस गरेको हो ।
गृह मनत्रलयका अनुसार वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमअर केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल र अशोक सिंहलाई एसएसपीमा सिफारिस गरेको छ। यसैगरी सुदिप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणी आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार वैदवार, मुकेशकुमार सिंह र चन्द्रकुबेर खापुङ पनि एसएसपीमा सिफारिस भएका छन्।
सिफारिस नामविरुद्ध चित्त नबुझे अन्य एसपीले लोकसेवा आयोगको बढुवा तथा विभागीय सजाय परामर्श शाखामा उजुरी गर्न सक्नेछन्। एकसाता भित्र उजुरी नपरे मन्त्रीस्तरीय निर्णयबाट सिफारिस भएकाहरुको नाम अनुमोदन हुनेछ। आइतबार मात्रै १० जना एसएसपी डीआईजीमा बढुवा भएका थिए। त्यसअघि नै ९ जना एसएसपीको दरवन्दी खाली भए पनि बढुवा सिफारिस हुन सकेको थिएन। बढुवा भएका सबै २०४९, २०५१ र २०५२ मा सेवा प्रवेश गरेका अधिकृतहरु हुन्।
एएसपीमा को-को सिफारिस ?

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->