शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

धादिङका ३२ वर्षीय युवा पनि निको भए, घर पठाउने तयारी

धादिङका ३२ वर्षीय युवा पनि निको भए, घर पठाउने तयारी


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०७७, बुधबार

काठमाडौं, १० बैशाख – टेकु अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड १९) का एक संक्रमित युवा आज (बुधबार) डिस्चार्ज हुने भएका छन्। युएईबाट आएका धादिङका ३२ वर्षीय युवा निको भएपछि अस्पतालले उनलाई   गरेको हो। ती युवालाई आज डिस्चार्जको तयारी रहेको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए।
‘अस्पतालमा रहेका एकजना संक्रमित पनि सञ्चो (निको) भएका छन्। उनीको पनि अहिले केहीबेरमा डिस्चार्ज हुन्छ,’ डा. राजभण्डारीले भने। यही चैत ६ गते एयर अरेबियाको विमानबाट उनी काठमाडौँ आएका थिए। त्यसपछि उनी काठमाडौँकै होटेलमा बसेका थिए। उनमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको हो। त्यसपछि उनी अस्पतालको आइसोलेसनमा उपचाररत थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->