आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पत्रकारको सुरक्षा र सशक्त पत्रकारितामा जोड

पत्रकारको सुरक्षा र सशक्त पत्रकारितामा जोड


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०७७, बुधबार

बागलुङ, १० बैशाख– लकडाउन भएको १ महिना पुगेको छ । पहिलो चरणमा बागलुङ संक्रमणको जोखिम क्षेत्रमा थियो । त्यसो त अझै संकट टरेको छैन । दुई जनामा कोरोना पोजेटिभ देखिएको र एकजना निको भएका छन् । एक जना अझै उपचारमा छिन् ।
¥यापिड टेष्ट भएपनि पिसिआर परीक्षणको दायरा पनि बढाउनुपर्ने माग भैरहेकोले हरेक क्षेत्रमा जोखिमको अबस्था कायम छ । संक्रमणको जोखिममा पहिलो लाइनमा बसेर काम गरिरहेका पत्रकारको सुरक्षा र एक महिनाको भोगाई तथा चुनौतीबारे बुधबार अन्तरक्रिया सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको अन्तरक्रियामा सहभागीले पत्रकारको भौतिक र आर्थिक सुरक्षाबारे चासो व्यक्त गरेका थिए । संकटको बेला महासंघ र सम्बन्धित संचारमाध्यम अभिभावक बन्नुपर्ने सहभागीले बताए । ‘फिल्डमै पुगेर रिर्पोटिङ गर्ने पत्रकारको पहिलो काम हो’ महासंघका निवर्तमान केन्द्रीय सदस्य हरिनारायण गौतमले भने, ‘संकटको बेला आउने गलत सूचनाको भेरिफिकेसनमा पनि पत्रकार चुक्न हुँदैन ।’ पत्रकारको कामको मूल्यांकनसमेत संकटकै बेला हुने उनले बताए ।
संचार गृहहरुले पत्रकारलाई संरक्षण गर्नुपर्ने र महासंघले पनि अभिभावकत्व भूमिका खेल्नुपर्ने समेत सहभागीले सुझाव दिए । महासंघमार्फत सुरक्षा सामाग्री उपलब्ध गराउने, सूचना संकलन र भेरिफिकेसनमा सक्रिय बन्ने तथा आफ्नो परिचयपत्रकै आधारमा निर्वाध सूचना संकलनको वातावरण बनाउनुपर्ने उनीहरुको भनाई थियो ।
पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारीले रोगसँग बच्ने उपाय खोजी गर्दै रिर्पोटिङमा समय बढाउने बेला समेत यो भएको बताए । उनले समाचारका लागि नाम मात्रको राहत दिने र उनीहरुले पत्रकारलाई उपयोग गर्ने प्रवृत्तिबिरुद्ध पनि पत्रकार चनाखो बन्नुपर्ने धारणा राखे । महासंघकै पूर्वअध्यक्ष रामबहादुर जिसीले पत्रकारहरु सुरक्षित बनेर काम गर्नुपर्ने बेला आएको भन्दै सूचनाको सही संकलन र प्रसारणमा पनि ध्यान दिनुपर्ने बताए । पत्रकारको नाउँमा बदनामी गराउन खोज्नेबाट बच्न पनि सजग बन्नुपर्ने बताए ।
महासंघका अध्यक्ष दिल शिरिषको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारको सुरक्षाका लागि क्रियाशिललाई एन ९५ मास्क, सेनिटाइजर लगायतको सामाग्री उपलब्ध गराउने, समस्यामा परेका पत्रकारलाई राहत दिने र निकट भबिष्यमा आउन सक्ने संकटका लागि कोष बनाएर संचालन गर्नेगरी अभियान थाल्ने निर्णय गरिएको छ । ग्रामीण क्षेत्रमा बसेर काम गरिरहेका पत्रकारसँग पनि महासंघका पदाधिकारीले भिडियोमार्फत सूचना र समस्या संकलन गरिएको शिरिषले बताए । ‘गाउँ र सदरमुकाममा काम गर्नेहरुको साझा समस्या समाधानमा महासंघले अभिभावकत्व निर्वाह गर्नेछ’ उनले भने, ‘सबैलाई आउने संकटमा साथ दिएर पत्रकारितालाई पनि थप म¥र्यादिन र व्यवस्थित बनाउन सबै पत्रकार तथा संचारमाध्यमसँग पनि सहकार्यको अभियान अगाडि बढाउने योजना बनाइएको छ ।’
एक महिनासम्मको लकडाउनमा पत्रकारले भोग्नुपरेका समस्या र अहिलेसम्म गरेका रिर्पोटिङको अनुभव पनि सहभागी पत्रकारले सुनाएका थिए । पत्रकारलाई आवतजावतमा परेको समस्यापछि महासंघकै अगुवाईमा प्रशासन र प्रहरीसँगको छलफलपछि आफ्नै संचारमाध्यमको परिचयपत्र देखाए पुग्ने अबस्था बनेको शिरिषले सुनाए । ग्रामीण क्षेत्रको अबस्था र कोरोनाबारेका सत्यतथ्य सूचना दिन अझै पत्रकार सशक्त भएर लाग्ने समेत छलफल भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->