सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मध्यरातमा भयो समाजवादी र राजपाको पार्टी एकता

मध्यरातमा भयो समाजवादी र राजपाको पार्टी एकता

नयाँ पार्टीको नाम 'जनता समाजवादी पार्टी'


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०७७, बुधबार

काठमाडौं, १० वैशाख – समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकता भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ । झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुनेछ । सरकारले ल्याएको नयाँ अध्यादेशका कारण समाजवादी पार्टी फुट्ने अनुमान भइरहेका बेला दुई पार्टीले बुधबार एकता गरेका हुन् । राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा दुवै पार्टीका शीर्ष नेताहरुबीच एकता वार्ता भएको थियो । दल विभाजन खुकुलो हुनेगरी आएको अध्यादेशको त्रासले मध्यरात राजपा र समाजवादी पार्टीबीच एकता भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->