सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रहरीको भ्यानमै राखेर जिल्ला पठाइयो रुकुमका १० मजदुरलाई

प्रहरीको भ्यानमै राखेर जिल्ला पठाइयो रुकुमका १० मजदुरलाई


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७७, बिहिबार

बागलुङ, ११ बैशाख – विभिन्न स्थानबाट जिल्लामा आपइपुगेका मजदुरहरुलाई विहिवार विहानै नगरपालिकाले रुकुमका लागि पठाएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला भित्रिने सवैलाई स्वास्थ्य चेकजाँच गरी खानेबस्ने ब्यवस्था गर्दै आएको नगरपालिकाले गन्तब्यसम्म पुराउन गाडीको ब्यवस्था समेत गरेको छ । पैदल यात्रा गर्दै बुधवार वेलुका सदरमुकाम भित्रिएका रुकुमका १० जना मजदुरलाई अहिले विहानै जिल्लाको सिमानासम्म गाडीमा नै पुराउने ब्यवस्था गरेको नगरप्रमुखका निजी सचिव ऋषिराम गोतामेले वताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर पठाइएको हो । उनीहरु गोरखाबाट आएका हुन् । बागलुङ, नगरपालिकाले जिल्ला भित्रिनेलाई राख्न लागि आश्रय स्थल बनाएको छ । उनीहरुलाई सोही आश्रयस्थलमा राखेर रुकुमका प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरी पठाइएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->