सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जनता समाजवादी पार्टी, दल दर्ता गर्न निर्वाचन आयोगमा पुग्यो

जनता समाजवादी पार्टी, दल दर्ता गर्न निर्वाचन आयोगमा पुग्यो


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७७, बिहिबार

काठमाडौँ, ११ बैशाख – राजनीतिक सरगर्मीबीच दुई पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपाल दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै आफ्नो पार्टीलाई सम्भावित फुटबाट जोगाउन दुई दलबीच एकता भएको हो । नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि राजेन्द्र श्रेष्ठ, कृष्ण शर्मा, मिथिलेस कुमार, फणिन्द्र देवकोटालगायत निर्वाचन आयोग पुगिसकेका छन् ।
नेताहरुले पार्टी एकताबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको र पार्टी दर्ता प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । अन्य नेताहरु पनि आयोग आउने क्रम जारी रहेको उनीहरुले बताए ।लकडाउनका कारण कर्मचारीहरु आउन ढिलाइ भएका कारण उनीहरुको पनि प्रतिक्षा भइरहेको नेताहरुको भनाइ छ । पार्टी फुटको बारेमा प्रश्न गर्दा नेताहरुले आज आफूहरुको मात्र पार्टी दर्ता हुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->