सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

वीरगञ्जमा थप २ जना पुरूषमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

वीरगञ्जमा थप २ जना पुरूषमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०७७, आइतबार

काठमाडाैँ, १४ वैशाख – वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको पुष्टि छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ । यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
ती मध्ये वीरगन्ज-३ छपकैयाका ४९ वर्षीय पुरुषलाई प्रहरीले नारायाणी अस्पताल वीरगन्जमा ल्याएको छ। उनी वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका छन्। अर्का वीरगन्ज-२ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई पनि भर्खरै अस्पताल ल्याइएको छ। उनलाई शंकास्पद ठानी सिदार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो । संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->