बागलुङ, १६ बैशाख – कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले घोषणा गरेको लकडाउन केही खुकुलो बनिरहेको वेला मंगलवार भने बागलुङ लकडाउनको कैदी जस्तो देखियो । प्रहरीले सोमवार साँझ लकडाउन उलंघन गर्ने ७० जनाभन्दा बढिलाई नियन्त्रणमा लिएपछि मंगलबार दिउसोभर नै सडक खाली रहे । खाद्यान्न, फलफुल र तरकारी पसल खोलेका ब्यापारीहरुले मंगलवार सवैभन्दा बढि प्रभावित भएको वताए । सडकमा केही खाद्यान्न र निर्माण सामाग्री बोक्ने सवारी साधान चले पनि मान्छेको आवतजावत भने शुन्यप्राय देखियो । बजारका विभिन्न चोकमा पुगेर लिएका यी तस्विरहरु । तस्विर : ढोरपाटन













