सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ओली-प्रचण्ड वार्ता सकियो, सचिवालय बैठक भोलि

ओली-प्रचण्ड वार्ता सकियो, सचिवालय बैठक भोलि


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०७७, मंगलबार

काठमाडौं, १६ बैशाख – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार दिउँसो दुई नेताबीच भएको भेटवार्तापछि सचिवालय बैठक बुधबार बस्ने सहमति भएको बालुवटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच झण्डै एक घण्टा भएको कुराकानीमा दुवै नेताले आआफ्ना कुरा राखेको बताइएको छ । यसअघि सोमबार कोटेश्वरमा माधवकुमार नेपालसहित ओली पक्षका नेताहरुबीच भएको दुईपक्षीय छलफलमा मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको थियो । तर, दुई अध्यक्षबीचको बैठकबाट फेरि भोलिका लागि बैठक तय गरिएको हो । बैठक भोलि साँझ ५ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->