शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लकडाउनका बिच वालिङमा रक्तदान, १७१ युनिट रगत संकलन

लकडाउनका बिच वालिङमा रक्तदान, १७१ युनिट रगत संकलन


  • हिमलाल पराजुली
  • बैशाख १८ २०७७, बिहिबार

स्याङ्जा, १८ बैशाख– लकडाउनका बिच वालिङमा बुधबार एक सय ७१ यूनिट रगत संकलन भएको छ । लकडाउनका बेला रगत अभाव हुन नदिनका लागि वालिङस्थित रेडक्रस सोसाईटीको उपशाखा तथा विभिन्न संघसंस्थाहरुको संयुक्त पहलमा आयोजना गरिएको रक्तदान शिविरमा एकसय ७१ यूनिट रगत संकलन भएको हो । रक्तदान शिविरमा एक सय ५१ पुरुष र २० महिला गरी कूल एकसय ७१ जनाबाट एकसय ७१ यूनिट रगत संकलन गरिएको हो ।
लकडाउनको समयमा अत्यावश्यकीय रगतको अभाव हुन नदिई यसको सही ब्यवस्थापनका लागि रक्तदान शिविर सञ्चालन गरेकोमा आयोजकहरुलाई नगर प्रमुख दिलिपप्रताप खाँणले धन्यवाद दिएका थिए । रक्त सञ्चार केन्द्र पोखराको आग्रहमा रक्तदान कार्यक्रमको आयोजना गरिएको शिविर संयोजक रेडक्रस सोसाईटी पेखु बाघखोर शाखाका सभापति विष्णुप्रताप खाँणले बताए । रक्तदान शिविरमा नेपाल रेडक्रस सोसाईटी, कास्की क्षेत्रीय रक्त सञ्चार सेवा, पोखराका प्राविधिकहरुले ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाएर रगत संकलन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->