बागलुङ, १८ बैशाख– कोरोना भाइरसविरुद्वको लडाईमा सहयोग पुगोस् भन्ने उदेश्यले प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल बागलुङ र धौलागिरी क्षेत्रका इन्जिनियरहरुको सहयोगमा अस्पताल हाताभित्र निर्माण गरिएको खुट्टाको प्रयोग गरी हातधुन मिल्ने (फुट अपरेटिङ ह्याण्ड वासिङ टुल) को प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठक र धौलागिरी अञ्चल अस्पताल विकास व्यवस्थापन समितिका अध्यक्ष के .बि. राना मगरले संयुक्त रुपमा बिहिबार उद्घाटन गरे । अस्पताललाई हस्तान्तरण गरिएको हातधुने उपकरण कोरोना रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । उपकरण बनाउने कार्यलाई सफल बनाउन आर्थिक, भौतिक र नैतिक रुपले सहयोग पुर्याउनु सम्पूर्णमा एशोसिएसनले धन्यबाद व्यक्त गरेको छ । एशोसिएसनले यसअघि खुट्टाले थिच्दा साबुन र पानी धारो निर्माण गरि जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा ईन्जिनियर थरेन्द्र पौडेलले उक्त प्रविधिको विषयमा जानकारी दिएका थिए ।





