`

विकास निर्माणका काम गर्न उपभोक्ता भेला


  • कमल पौडेल
  • शुक्रबार, बैशाख १९, २०७७

बागलुङ, १९ बैशाख – बन्दावन्दिले विकास निर्माणका कार्यहरु समेत ठप्प भएको बेला बडिगाड गाउँपालिका वडा नं. २ मा विकास निर्माण कार्य सुरु गरिएको छ । संघिय संसद विकास कोष अन्तरगत विनियोजित १० लाख रकमको खेल मैदान निर्माणको लागि उपभोक्ता समिति गठन गर्न स्थानियको भेला दनियामा सम्पन्न भएको छ । भेलामा वडा अध्यक्ष ढाल प्रसाद शेरचन, वडा सदस्य सुर्य बहादुर अधिकारी, गोम बहादुर रानाले वडामा विकास निर्माणका सवै काम सञ्चालन गनुपर्ने भएकाले भेलो डाकिएको वताए । उनीहरुले विनियोजित रकम फिर्ता नहुने गरी काम गर्न उपभोक्तासंग अनुरोध गरे ।
भेलाले प्रताप घिमिरेको अध्यक्षतामा ९ सदस्यीय खेलमैदान निर्माण उपभोक्ता समितिको गठन गरेको छ । समितको सचिवमा सुनिल बहादुर राना, कोषाध्यक्षमा सरस्वती राना लगाएत रहेका छन् । भेलाले वडा सदस्य गोम बहादुर रानाको संयोजकत्वमा डिल बहादुर राना र कर्ण बहादुर राना सदस्य रहेको अनुगमन समितिको गठन गरेको छ । सो समितिले खेल मैदान निर्माणको लागि निःशुल्क जग्गा व्यवस्थापन गरी सो विनियोजित रकमले खेलमैदान निर्माण गर्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology